६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

‘पुष्पा २’का निर्देशक सुकुमारको घरमा आयकर विभागकाे छापा



हैदाराबाद । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम शुरु भएको छ ।

न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार (२२ जनवरी) हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए। साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो। त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।

यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन्। सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २ः द रुल’ को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो । यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ ।

साथै हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ । आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन्। यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन्।

थप बिवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ३ : ५४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का