२९ माघ २०८१, मंगलबार | February 11, 2025

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच आज एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल भएको छ ।

उक्त छलफलमा सुधारिएको सहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी दुई वटा मोडलका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि आज मन्त्रालयका पदाधिकारी एवं एडिबीका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनशैली परिर्वतन गर्ने क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेकाले एडिबीको काम एवं परियोजनाप्रति नेपाली नागरिक पूर्णरुपमा सन्तुष्ट रहेको बताए ।

नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेको तथा एडिबीले सञ्चालन गरेका परियोजना समयमै सम्पन्न भई नागरिकले शुद्ध खानेपानी पाउन भन्ने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ०८ बजे

युरोप निर्यात हुन थाले बटुका

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल,

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान

काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी

आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा साइग्रेस पोख्रेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले सन्तोष पोखरेललाई स्टोरी एम्बेसडरमा नियुक्त गरेको

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको

‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यवसायिक कागतीखेती रमाउँदै प्रतीक

घोराही । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा