२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी) का नेपालका लागि देशीय निर्देशक आर्नो कोस्वाबीच आज एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल भएको छ ।

उक्त छलफलमा सुधारिएको सहरी खानेपानीको मोडल तथा सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) मोडल गरी दुई वटा मोडलका विषयमा छलफल गरिएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि आज मन्त्रालयका पदाधिकारी एवं एडिबीका प्रतिनिधिबीच छलफल भएको हो ।

छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा जीवनशैली परिर्वतन गर्ने क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेकाले एडिबीको काम एवं परियोजनाप्रति नेपाली नागरिक पूर्णरुपमा सन्तुष्ट रहेको बताए ।

नेपालका लागि एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले एडिबीको ऋण सहयोगमा नेपालमा विगतदेखि खानेपानी लगायतका विभिन्न क्षेत्रमा ठूला परियोजना सञ्चालन भइरहेको तथा एडिबीले सञ्चालन गरेका परियोजना समयमै सम्पन्न भई नागरिकले शुद्ध खानेपानी पाउन भन्ने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ०८ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’