१० बैशाख २०८३, बिहिबार | April 23, 2026

रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा थुन छेक बहस जारी रहेको छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतमा बिहिबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए । आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरुको बहसपछि रविको पक्षमा रहेका वकिलहरुले बहस गर्ने छन् ।

न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा सहकारी पीडितको तर्फबाट आज शुक्रबार दुई जना कानुन व्यवसायीले बहस गर्नेछन् । शुक्रबार नै अभियुक्त रवि लामिछानेको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गर्ने तयारी छ । दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ३५ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु