६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड



सिरहा । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित अनुगमन गर्नुपर्ने बताए । “औषधि विभागमा दर्ता नभएका, नवीकरण नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित ‘फर्मास्युटिकल’ बनावट भएका औषधि बिक्री भइरहेको गुनासो आएकाले त्यसलाई रोक्न आवश्यक भएको छ”, उनले भने । अध्यक्ष खन्दवालले नयाँ औषधि ऐन बन्ने प्रक्रियामा रहेको पनि जानकारी दिए ।

त्यसैगरी, औषधि व्यवसायी सङ्घ मधेस प्रदेशका नवनिर्वाचित अध्यक्ष शिवनाथ सिंहले औषधि व्यवस्था विभागसँग समन्वय गरी आफूहररुले औषधि व्यवसायका समस्या समाधान गर्ने बताए ।

महासचिव पप्पुकुमार झाले औषधि व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै गाउँका जनतालाई सहज रुपमा औषधिको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास सारडाले प्रतिबन्धित औषधिको सहज बिक्रीले यहाँका युवालाई प्रभावित पारेको धारणा व्यक्त गरे ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले औषधि व्यवसायीको पेसा संवेदनशील छ भन्दै नगरभित्रका औषधि पसलको दर्ता, नवीकरण, अनुगमन तथा व्यवस्थापन गर्न नगरका तर्फबाट सरोकारवालासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत पुस १३ गते सम्पन्न अधिवेशनबाट शिवनाथ सिंहको अध्यक्षतामा नेपाल औषधि व्यवसायी सङ्घ मधेस प्रदेशको १८ सदस्यीय निर्वाचित कार्यसमितिलाई कानुनी सल्लाहकार राजदेव यादवले शपथ गराएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ०१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क