९ बैशाख २०८३, बुधबार | April 23, 2026

रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरू, आजै आदेश आउन सक्ने



बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको छुनछेक बहस सुरू भएको छ।

रुपन्देही जिल्ला अदालतमा सुनुवाइ सुरु हुनेवित्तिकै लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन् । बिहीबारदेखि सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।

सरकारी वकिलको तर्फवाट बहस सकिएको छ । लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी रहेकाले आईतवार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएको हो । आज प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी र जाहेरवालाका वकिलहरुले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले पूर्पक्षका लागि थुनामा पठाउने वा रिहा गरेर मुद्दा अघि बढाउने विषयमा आदेश दिनेछन् ।

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लावाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १२ : १९ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका