३० माघ २०८१, बुधबार | February 12, 2025

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतले तोके बमोजिमको १ करोड धरौटी बुझाएर रिहा भएका छन् । उनले बैंक ग्यारेन्टीमार्फत अदालतमा धरौटी बुझाएको जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाले बताए ।

बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । अदालतले तोके बमोजिमको धरौटी आइतबार नै बैंक ग्यारेन्टीमार्फत बुझाएर रिहा भएको तहसिलदार कुमार खतिवडाले बताए ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले दिएको आदेशमा मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दा ठहरे बमोजिम हुने नै हुँदा १ करोड धरौटी तारेखमा रिहा गर्ने उल्लेख छ ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ५४ बजे

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको