१ माघ २०८२, बिहिबार | January 16, 2026

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस



काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आज दूतावासमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनाका साथै नेपालमा रहेका भारतीयहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमति र आश्रित परिवारलाई रु पाँच करोड बराबरको रकम वितरण र सम्मान गरे । साथै भारतीय सशस्त्र बलका दुई सय १९ जना मृतक सदस्यका श्रीमति र आश्रित परिवारलाई रु २३ करोड २९ लाख वितरण गरिएको थियो । यसमा सन् २०२४ मा सेना समूह बिमा (एजीआई) कार्यक्रमअन्तर्गत मृत्यु सेवा लाभ, विस्तारित बिमा लाभ र एजीआई परिपक्वता भुक्तानीहरू समावेश छन् । कार्यक्रममा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भारत सरकारका कल्याणकारी पहलहरू समेटिएको ‘भूपु–२०२५’ पत्रिकाको पनि अनावरण गरेका थिए ।

दूतावासले नेपालका छ प्रदेशका २९ शैक्षिक संस्थाहरूलाई रु २३ लाख पाँच हजार बराबरको पुस्तक प्रदान गरेको छ । साथै सन् २०२४ नोभेम्बर ११ देखि डिसेम्बर ११ सम्म आयोजना गरिएको ‘भारत को जानिये’ (बीकेजे) क्विजमा नेपालबाट शीर्ष ५० स्थान हासिल गर्नेहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । बीकेजे क्विजको उद्देश्य विदेशी नागरिकहरू र विदेशमा बस्ने भारतीय समुदायलाई भारतको ज्ञान र बुझाइलाई गहिरो बनाउन प्रेरित गर्नु रहेको त्यस अवसरमा जानकारी दिइयो ।

समारोहमा दूतावासअन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : १३ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल