२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रुपन्देहीका पत्रकार दम्पत्तिले बच्चा जन्माउँदा महासंघले भत्ता दिने, पत्रकार महिलालाई अतिरिक्त सुत्केरी भत्ता

सवारी साधनमा प्रेस नलेख्न र लेखेको भए मेटाउन आग्रह



बुटवल । रुपन्देहीका क्रियाशील पत्रकारहरुले बच्चा जन्माउँदा महासंघबाट भत्ता पाउने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले महासंघमा आवद्ध पत्रकार दम्पत्तिले बच्चा जन्माउँदा पत्रकार महिलाले सुत्केरी भत्ता र पुरुष पत्रकारले नवजात शिशुको कल्याणकारिणी भत्ता पाउने भएका हुन् ।

संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्ता स्वरुप उपलब्ध गराउने तथा बाबु बनेका पुरुष पत्रकारलाई नवजात शिशुको नाममा जम्मा हुने गरि भत्ता दिने घोषणा गरेको हो ।

संघले उपलब्ध गराउने उक्त रकम मध्ये ५ हजार रुपैया आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने छ भने ५ हजार रुपैया नवजात बच्चाको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको पत्रकार महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए । उनका अनुसार नवजात बच्चाको नाम जम्मा गरिने रकम पुरुष पत्रकारलाई समेत उपलब्ध गराइने छ ।

यही माघ १५ र १६ गते दुई दिनसम्म आयोजित कार्ययोजना निर्माण बैठकले पत्रकारहरुको क्षमता विकास, आर्थिक सशक्तिकरण तथा सञ्चारगृहहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । महासंघले अँग्रेजी वर्ष २०२५ लाई आधार मानेर तत्कालिन र दिर्घकालिन योजनाहरु अघि सारेको हो ।

बैठकले संघको कल्याणकारी कोषवृद्धि गरेर ४० लाख रुपैयाँ बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाख बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्यगरी क्षमता बिकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक संघ-संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित बनाउने लगायतका एजेण्डाहरु पारित गरिएको महासंघ रुपन्देहीका सचिव सीपी खनालले बताए ।

बैठकमा पारित भएका योजनाहरुलाई वार्षिक क्यालेन्डर बनाएर कार्यन्वयन गर्दै लगिने उपाध्यक्ष विश्वास ढकालले बताए । बैठकमा श्रमजीवी पत्रकारहरुको विगत, वर्तमान र भविष्यका बारेमा समीक्षा गरिएको थियो । पत्रकारहरुको पेशागत हक-हित र उनीहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने विषयलाई महत्वकासाथ छलफल गरी योजनाहरु तयार पारिएको उपाध्यक्ष ढकालले बताए ।

ढकालका अनुसार पछिल्लो समय सामाजिक सञ्चालमा देखिएका विकृति, सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचरण तथा कानूनी प्रावधानहरुको बारेमा समेत गम्भिर रुपमा छलफल गरिएको थियो । बैठकले पछिल्लो समय विभिन्न व्यक्तिहरुले सवारीका साधनहरुमा ‘प्रेस’ लेखेर हिड्ने, यसको दुरुपयोग गर्ने लगायतका गतिवधि बढेको बताउँदै उनले यस्ता गतिविधि रोक्न महासंघ कुनै पनि सदस्यले सवारीमा प्रेस नलेख्न र लेखिएको भए मेटाउनका लागि आह्वान गर्ने निर्णय गरेको छ । सञ्चारकर्मीको नाममा असम्बन्धित व्यक्तिहरुले समेत गतिविधि गर्ने र त्यसका कारण बास्तविक सञ्चारकर्मीको मर्यादामा आँच आउने गरेको बताउँदै उपाध्यक्ष ढकालले यस्ता गतिविधि रोक्नका लागि सबैको साझा पहल आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : ५१ बजे

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,