१२ चैत्र २०८१, मंगलबार | March 26, 2025

ब्राउन सुगर सहित २ जना पक्राउ



नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकाबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल ल्याउँदै गरेको ११ ग्राम बढी ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत लेखवेशी नगरपालिका-१ राटामाटाका ३० बर्षीय भक्तराज थापा र दैलेख भगवतीमाई -३ का २८ वर्षीय हिमाल खड्‌का रहेका छन् । लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेका दुबैजनालाई शंका लागि चेकजाँच गर्ने क्रममा भक्तराज थापाले लगाएको दाहिने खुट्टाको जुत्ता भित्र लुकाई छिपाई राखेको लागू औषध ब्राउन सुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डिएसपी अयुस जोशीले बताए ।

उनीहरुबाट ११ ग्राम ४७० मिलि ग्राम ब्राउन सुगर फेला पारी थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ९ : ०३ बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत