२१ भदौ २०८३, आइतबार | September 7, 2026

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलापुर चोकबाट रोहिणी गाउँपालिका वडा नं. ७ पर्साका ४६ वर्षिय अकवाल देवानलाई लागु औषधसहित पक्राउ गरेको हो ।

आज अपरान्ह ३ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नं.९ स्थित मंगलापुर चोकमा खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडडुल गरेका देवानलाई चेकजाच गर्दा उनीसंग ब्राउनसुगर फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

देवानको पाईन्टको गोजिमा लुकाई राखेको लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ तौल २६ ग्राम ३५०मि.लि. ग्रामसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १० : ४४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त