५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलापुर चोकबाट रोहिणी गाउँपालिका वडा नं. ७ पर्साका ४६ वर्षिय अकवाल देवानलाई लागु औषधसहित पक्राउ गरेको हो ।

आज अपरान्ह ३ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नं.९ स्थित मंगलापुर चोकमा खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिडडुल गरेका देवानलाई चेकजाच गर्दा उनीसंग ब्राउनसुगर फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

देवानको पाईन्टको गोजिमा लुकाई राखेको लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ तौल २६ ग्राम ३५०मि.लि. ग्रामसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १० : ४४ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने