५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको छ : उपमेयर अर्याल



बुटवल । बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको बताएकी छिन । उनले धेरै स्वास्थ्य संस्थाहरु मापदण्डका आधारमा हेर्दा कमजोर देखिए पनि बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुरा गर्ने पहिलो अस्पताल बनेको प्रतिक्रिया दिइन ।

बुटवल हस्पिटल प्रा लिको स्थलगत अवलोकनपछि उपमेयर अर्यालले एउटा स्वास्थ्य संस्थाले सरकारले तोकेका सबै मापदण्ड पुरा गरेको महसुस बल्ल भएको बताइन । बुटवललाई स्वास्थ्यका दृष्टिले समेत पहिलो बनाउनका लागि नीजि क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

शिक्षामा जस्तै स्वास्थ्यमा पनि बुटवल अब्बल बन्नका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक भएकोमा उनको जोड छ । आफुहरु पटक पटक नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसंग संवाद गरिरहेको अर्यालले बताइन ।

अस्पताल अनुगमनमा उपमेयर अर्याललाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लिका अध्यक्ष चुन्न प्रसाद पौडेलले लगानी नीजि क्षेत्रको भएपनि यस्था संस्थाहरु सबैका साझा नै हुने बताए । अध्यक्ष पौडेलले बुटवलमा स्वास्थ्य क्षेत्रको स्तरउन्नती र नागरिकहरुको स्वास्थ्य उपचारका लागि सबै पक्षका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए ।

आजभन्दा २४ वर्ष अघि बुटवलको हस्पिटललाईबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लि केहि समयबाट आफ्नै सुविधा सम्पन्न भवन चांदवारी चोकबाट सेवा शुरु गरेको छ ।

अस्पतालमा अहिले विभिन्न विषयका ३० जना भन्दा बढि विशेषज्ञ चिकित्सकहरु कार्यरत छन । भखैरै एक सय वेड संचालन अनुमति पाएको हस्पिटलले अब नसिङ कक्षाहरु पनि संचालनको तयारी गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ४६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं