१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको छ : उपमेयर अर्याल



बुटवल । बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको बताएकी छिन । उनले धेरै स्वास्थ्य संस्थाहरु मापदण्डका आधारमा हेर्दा कमजोर देखिए पनि बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुरा गर्ने पहिलो अस्पताल बनेको प्रतिक्रिया दिइन ।

बुटवल हस्पिटल प्रा लिको स्थलगत अवलोकनपछि उपमेयर अर्यालले एउटा स्वास्थ्य संस्थाले सरकारले तोकेका सबै मापदण्ड पुरा गरेको महसुस बल्ल भएको बताइन । बुटवललाई स्वास्थ्यका दृष्टिले समेत पहिलो बनाउनका लागि नीजि क्षेत्रसंगको सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

शिक्षामा जस्तै स्वास्थ्यमा पनि बुटवल अब्बल बन्नका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक भएकोमा उनको जोड छ । आफुहरु पटक पटक नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसंग संवाद गरिरहेको अर्यालले बताइन ।

अस्पताल अनुगमनमा उपमेयर अर्याललाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लिका अध्यक्ष चुन्न प्रसाद पौडेलले लगानी नीजि क्षेत्रको भएपनि यस्था संस्थाहरु सबैका साझा नै हुने बताए । अध्यक्ष पौडेलले बुटवलमा स्वास्थ्य क्षेत्रको स्तरउन्नती र नागरिकहरुको स्वास्थ्य उपचारका लागि सबै पक्षका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए ।

आजभन्दा २४ वर्ष अघि बुटवलको हस्पिटललाईबाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लि केहि समयबाट आफ्नै सुविधा सम्पन्न भवन चांदवारी चोकबाट सेवा शुरु गरेको छ ।

अस्पतालमा अहिले विभिन्न विषयका ३० जना भन्दा बढि विशेषज्ञ चिकित्सकहरु कार्यरत छन । भखैरै एक सय वेड संचालन अनुमति पाएको हस्पिटलले अब नसिङ कक्षाहरु पनि संचालनको तयारी गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ४ : ४६ बजे

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति