९ बैशाख २०८३, बुधबार | April 22, 2026

अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन कार्यदल गठन



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ ।

संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले किरात लिम्बूलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा समर्थन जनाएको थियो ।

जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमनकुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन भएको जनाइएको छ । साथै काठमाडौँ उपत्यकामा आई बसोबास गर्ने र कार्य एवं व्यवसाय गर्ने मधेसी समुदायलाई सम्पर्क गरी पार्टीमा सङ्गठित गर्न राजकिशोर यादवको संयोजकत्वमा चार सदस्यीय टास्क फोर्स गर्न भएको बस्नेतले बताए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १० : १९ बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा