६ श्रावण २०८३, बुधबार | July 22, 2026

नबिल बैंकको नबिल एसएसई फेलोशिप सम्पन्न, ४५ उद्यममा १२ सयजनाले पाए रोजगारी



काठमाडौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा फेलोसिपका दोस्रो र तेस्रो समूहका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरियो भने चौथो समूहका सहभागीहरूलाई स्वागत गरियो। नबिल बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा तीन वर्षदेखि समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको समाधान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा फेलोसिप सहभागीहरूले उद्यममार्फत प्राप्त उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको प्रभावबारे अनुभव बाँडे। त्रिवि व्यवस्थापन संकाय डिन प्रा। डा। महानन्द चालिसेले यस कार्यक्रमलाई समाजमा परिवर्तन ल्याउने महत्वपूर्ण पहल भन्दै थप विस्तार गर्न सकिने बताए। त्रिवि उपकुलपति प्रा। डा। केशरजंग बरालले उद्यमशीलता प्रवर्द्धनका लागि शैक्षिक संस्था र उद्योगबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

नबिल बैंकका निर्देशक निर्वाण चौधरीले कार्यक्रमले नेपाली युवालाई रोजगारदाता बन्न प्रेरित गरिरहेको बताए। नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाका अनुसार, हालसम्म ४५ उद्यम स्थापना भई १,२०० भन्दा बढी रोजगारी सिर्जना भइसकेको छ।

कार्यक्रममा फेलोहरूले आफ्ना उत्पादन प्रदर्शनी र बिक्रीका लागि २० भन्दा बढी स्टलहरू राखेका थिए। नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार, र वित्तीय पहुँचमा सहयोग गरिरहेको छ।

हाल नबिल एसएसई अन्तर्गत फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन्। हालसम्म ११७ उद्यम स्थापना भई १,२०० भन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ। सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थामार्फत सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ४१ बजे

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।