२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

राष्ट्रियसभामा हात्ती र बाँदर आतङ्क नियन्त्रणको माग



काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गरिन् ।

उनले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठूलो सङ्ख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गरिन् ।

सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतङ्कका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको जनाउँदै बाँदर नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन् । “बाँदर नियन्त्रणमा सहयोग गर्ने हो भने बाँझो जग्गाबाट आयआर्जन र रोजगारी सृजना गर्न सकिन्छ, बाँदर आतङ्क भएका क्षेत्रमा अदुवा, लसुन, सिस्नुलगायत उच्चमूल्यका खेती गर्न सरकारले प्राविधिक सहायता गर्नुपर्छ ।”

सांसद कृष्णप्रसाद अधिकारीले अनुचितले लेनदेन समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको मिटरब्याजी जाँजबुझ आयोग राजनीतिक प्रतिशोधका कारण विघटनको सङ्घारमा पुगेको जनाउँदै आयोगलाई पुनः सक्रिय बनाएर मिटरब्याजी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेणु चन्दले अछाममा दुई किशोरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरिन् । सांसदहरू सांसद जितजङ्ग बस्नेत, पदमबहादुर परियार, मनरूपा शर्मा, विष्णुकुमारी सापकोटा र सावित्री मल्ललगायतले महँगी निन्यन्त्रणसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ०६ बजे

नेपालगन्जको बिजुली पसलमा आगलागी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित एक बिजुली पसलमा आगलागी भएको

फूल बेचेरै तिहार खर्चको जोहो

नेपालगन्ज । बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी । बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक