खजुरा । तत्कालिन माओवादीले थालेको जनयुद्ध दिवसको दिन पारेर बाँकेको खजुरा गाउँपालिकाले सार्वजजिक बिदा दिएको छ । जनयुद्ध सुरु भएको दिन पारेर फागुन १ गते (भोलि) खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले आज एक सूचना जारी गर्दै शसस्त्र जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ गतेको स्मरण गर्दै भोलि फागुन १ गते स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य, शिक्षा, शैक्षिक संस्थाहरुलाई १ दिन सार्वजनिक बिदा दिइएको उल्लेख छ । बिदाका बारेमा माघ ४ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ ।
खजुरामा जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको खजुरा गाउँ कमिटीले खजुरा २ स्थित सन्तकुटीमा जनयुद्ध दिवस समारोहको आयोजना गरेको जनाएको छ ।
प्रतिक्रिया