२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बुटवल सुख्खानगरमा रहेको क्यानन माविले विभिन्न रचनात्मक कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै



बुटवल । बुटवल सुख्खानगरमा रहेको क्यानन सेकेण्डरी स्कुलले आफ्नो २८ वार्षिकोत्सव तथा रजत जयन्ती महोत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती ३ वर्षपछि विद्यालयले विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रम गरेर मनाउन लागेको हो ।

विद्यालयले माघ २२ गतेदेखिनै विभिन्न रचनात्मक कार्यक्रम संचालन गर्दै आएको क्यानन विद्यालयले फागुन २ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम संचालन गरेको छ भने फागुन २ गते मुल समारोह गरेर रजत महोत्सव मनाउँदै छ ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरि कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती महोत्सवलाई २८ औँ वार्षिकोत्सबको अवसरमा मनाउन लागेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । माघ २२ देखि २५ गतेसम्म खेलकुद सप्ताह गरि सकेको छ भने जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको उनले बताए ।

विहीबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह हुने उनले बताए । क्याननले नयाँ युगको शिक्षा नीति अनुसार अध्यापनमा अग्रसर रहेको भन्दै उनले गुणस्तरीय शैक्षिक विकासमा जोड दिएको बताए । ‘समयको माग अनुसारको शिक्षामा अग्रसर छौ ।’–उनले भने । संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा जोड दिदै आएको उनले बताए । फागुन २ गते शुक्रबार बुटवलको अन्तराष्ट्रिय सभाहलमा हुने मुल समारोहमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाको विशेष उपस्थिती हुने समेत उनले बताए । सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित सास्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुलाई बैज्ञानिक, सीपमुलक र व्यवहारिक अध्ययनमा जोड दिने गरि आफुहरु लागेको बताए । शैक्षिक संस्थाहरु समाजका अभिन्न अंग भएको भन्दै उनले आफु दोस्रो पुस्ताका रुपमा विद्यालयलाई समुदायसंग जोड्ने काम गरेको बताए । प्रत्येक कक्षाकोठामा कर्नर लाईबेरीको व्यवस्था गरि पठन संस्कृति विकास गर्ने लक्ष्यसहित अवधारणा अघि बढाएको उनले बताए । यसैगरि प्ले ग्रुपलाई ईसिएका रुपमा विकास गरिरहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका ईसिए प्रमुख मिनराज गिरीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि खेलकुद गतिविधिलाई विशेष प्राथमिकतामा राखेको बताए । विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउने धेरै खेलाडीहरु जन्माउन समेत सफल रहेको उनले बताए । विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय र दश जोड दुईमा विज्ञान र ब्यवस्थापन विषयमा गरि ३ सय २२ विद्यार्थीहरु अध्ययरत रहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ५३ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको