३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रकाश बहादुर श्रेष्ठको नेतृत्वमा पूर्व खेलाडी समाज गठन



नेपालगन्ज । बाँकेमा रहेका पूर्व खेलाडीहरुलाई संगठित गर्दै पूर्व खेलाडी समाजको प्रथम बाँके अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको १३ सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित भएको छ। बुधवार नेपालगन्जमा सम्पन्न समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट उक्त कार्यसमिती निर्बिरोध निर्बाचित भएको हो।

समाजका बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट र पार्वती थापा क्षेत्री रहेका छन। निर्वाचन समिती प्रमुख शिव कुमार श्रेष्ठले सम्पुर्ण कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

यस अघि समाजको तदर्थ समितिका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख अतिथी ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । उनले नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक एवम् कृयटिभ ह्याण्डसका अध्यक्ष टि यस ठकुरी, नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले नवनिर्वाैचित समाजको कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए ।

यसैबीच बुधवारै समाजको पहिलो बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ। बैठकले सधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिती, वडा नम्बर २ को कार्यालय लगायत सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको छ भने केही साताभित्रै भलिबल, शारीरिक सुगठन र ब्याडमिन्टन प्रतियोगिता आयोजन गर्ने निर्णय गरिएको नव निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : २१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका