५ पुस २०८२, शनिबार | December 20, 2025

भूमि अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णयपछि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् ।

जसपाले सरकारलाई समर्थन गरे पनि सत्तामा छैन । लोसपा भने सरकारमै सामेल छ । सरकारमै सामेल दल लोसपासँग राष्ट्रिय सभामा एक सिट भने जसपा नेपालसँग तीन सिट छ । यदि जसपा नेपाल र लोसपाले साथ नदिएमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पारित हुने छैन । जसले गर्दा प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस पनि नैतिक संकटमा पर्ने छ । यसै विषयमा छलफल गर्न गत १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरुसँग देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, डा।प्रकाशशरण महतलगायतका नेताहरु सहभागी भएको नेताहरुको भनाइ छ । कांग्रेसमै पनि भूमिसम्बन्धी अध्यादेशका विषयमा फरक फरक मत भएकाले देउवाले नेताहरूसँग छलफल थालेका हुन् ।
तर प्रधानमन्त्री केपी ओलीले भने सबै अध्यादेश दुवै सदनबाट स्वीकृत हुने दाबी गरेका छन् । बिहीबार राति साढे १ बजे एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए । प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेशसहित ६ वटै दुवै सदनबाट पारित हुने बताएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता