बर्दिया । गएराती घरको आँगनमा खेलीरहेका ढाई बर्षको बच्चालाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा न ९ भाटचोकमासाँझ करिब आठ बजेको समयमा आगनमा खेलीरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका ५ बस्ने रिहान चलाउनेको मृत्यु भएको हो । रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिईन् । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडीको भागमा घाउ भएको प्रहरीले जनाएको छ ।
साँझ करिब ८ बजे आगनमा खेलीरहेको बालक एक्कासी हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र शशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घर देखि पाँच सय मिटर दक्षिण पुर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरियामा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक ऋषीराम घर्तिमगरले बताए । उनँले हिजो साँझ नै स्थानीयबासीले सो क्षेत्रमा चितुवा देखेको हुनाले बालकलाई चितुवाले आक्रमण गरेको हुनासक्ने बताए ।
गत माघ २५ गते सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ बर्षिय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो ।



















प्रतिक्रिया