२१ मंसिर २०८२, आइतबार | December 8, 2025

भोलिबाट बुटवलमा मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता हुँदै



बुटवल । बुटवलमा भोलिबाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकाश समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको पालिकाले जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिका परिषरमा आईतबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ ।’– उनले भने ।

संघिय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पुर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । पत्रकार सम्मेलनमा रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रुपैया तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रुपैया बजेट बिनियोजना गरेको उनले बताए ।

यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको नगर प्रमुख पाण्डेयले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए ।

कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता हुने बताए । उनले प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ३९ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब