३ असार २०८३, बुधबार | June 17, 2026

भोलिबाट बुटवलमा मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता हुँदै



बुटवल । बुटवलमा भोलिबाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकाश समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको पालिकाले जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिका परिषरमा आईतबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेल पूर्वाधार र विकासमा फड्को मार्ने गरि लगानी गरेको दाबी गरे । ‘खेलकुद हब बनाउने गरि योजनासहित खेल पूर्वाधार विकास भएको छ ।’– उनले भने ।

संघिय र प्रदेश सरकारको सहयोगमा नगरभित्र धेरै नया पुर्वाधार र पुराना खेलमैदानलाई मर्मत सम्हारको काम भैरहेको उनले बताए । पत्रकार सम्मेलनमा रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आयोजना गर्न ४० लाख रुपैया तथा राष्ट्रिय लनटेनिस प्रतियोगिता आयोजनका लागि १२ लाख रुपैया बजेट बिनियोजना गरेको उनले बताए ।

यसैगरि एन्फा एकेडेमीमा १३ वर्ष मुनि युवा खेलाडी उत्पादनमा समेत लगानी गरिरहेको नगर प्रमुख पाण्डेयले बताए । यसका साथै खेलाडी, प्रशिक्षक, पत्रकार सम्मानका कार्यक्रम गरि थप प्रोत्साहनका कार्यक्रम समेत नगरबाट भैरहेको उनले बताए ।

कार्यक्रममा प्रतियोगिताका म्याच कमिश्नर हरि प्रसाद श्रेष्ठले बुटवल १२, चारपाला खेलमैदान तामनगर र बुटवल १३ जबई खेलमैदानमा गरि दुई स्थानमा प्रतियोगिता हुने बताए । उनले प्रतियोगिता आयोजना हुने मैदान मर्मत र रंगरोगन, रेफ्री र टिम दर्ता लगायतका सबै काम पुरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिदैछन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ९ : ३९ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली