६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

जनकपुरबाट ५७ लाखसहित हुन्डी कारोबारी पक्राउ



धनुषा ‍। प्रहरीले धनुषाबाट हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराहीका ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ का २६ वर्षीय जेनिस साह रहेका छन्।

उनीहरूलाई बइतबार जनकपुरधाम उपमहानगरपालिका-८ बाट पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँ, तीन थान मोबाइल र एक थान ल्यापटप फेला परेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रुपैयाँ, जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रुपैयाँसहित पक्राउ गरेको थियो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ११ बजे

तीनदिने तीर्थाटनका लागि आज रवि लामिछाने भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट