७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस केन्द्रीय प्रचार विभागले प्रचार अभियान सञ्चालन गर्ने



ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आमजनमानसमा पार्टीले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सुरु गर्ने भएको छ ।

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागले पत्रकार सम्मेलन गरी ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने तयारी रहेको बताएको हो ।

विभागले देशका सातवटै प्रदेशमा कार्यक्रम हुनेगरी फागुन ९ देखि २१ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको छ । जसमा पहिलो दिन ९ गते कोशीको विराटनगर, १० गते मधेसको जनकपुरधाम, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सम्बन्धित प्रदेशका कांगे्रसका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशसभाकाननीय सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभाग प्रमुखको सहभागिता रहनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई