२१ बैशाख २०८३, सोमबार | May 4, 2026

धार्मिक बाटिका निर्माणार्थ खजुरामा धार्मिक महा अनुष्ठान हुँदै



खजुरा । बाँकेको खजुरामा धार्मिक बाटिका निर्माणार्थ खजुरा शिवकालिका धार्मिक महा अनुष्ठान हुने भएको छ । स्थानीय शिकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ धार्मिक महा अनुष्ठान गर्न थालिएको हो ।

महा अनुस्थानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिर परिषरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन, मन्दिरको सर्वाङ्गीन विकास गर्न तथा धार्मिक पुष्पबाटिक निर्माण गरि जेष्ठनागरिकका लागि सत्संग स्थल बनाउन अनुष्ठान गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै ईश्वरशरण महाराजले अनुष्ठानबाट संकलित रकमबाट स्वीमिङ पुल सहितको बाटिका निर्माण गरिने जानकारी दिए । फागुन २१ देखि २८ गते सम्म संचालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्ने उनले जानकारी दिए ।

मन्दिर संचालक समितिका अध्यक्ष सुरेश भट्टले मन्दिर परिषरसंगै रहेको खेलमैदानको स्तरउन्नती सहित मन्दिरको जग्गामा पुष्पबाटिका बनाउन महा अनुष्ठानको आयोजना गर्न थालिएको जानकारी दिए । उनले महा अनुष्ठानका लागि लाग्ने सम्पूर्ण लागत ईश्वरशरण महाराजको नेतृत्वमा रहेको संस्थाले ब्यहोर्ने र संकलित रकम आधा-आधा बाँड्ने गरि सहमति भएको बताए ।

महाअनुष्ठानको सम्पूर्ण तयारी तिब्रताका साथ अगाडी बढाइएको मन्दिर समितिका उपाध्यक्ष तोकराज गिरीले बताए । खजुरा स्थित ज्ञानोदय नमुना उच्च माबी नजिक रहेको शिकालिका मन्दिरको स्वामित्वमा ६ बिगाहा बढी भौतिक सम्पत्ति रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : २२ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,