६ बैशाख २०८३, आइतबार | April 19, 2026

रोटरी डे मा बुटवलमा विविध कार्यक्रम



बुटवल । रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल-भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुले रोटरी दिवस सामुहिक रुपमा मनाउने भएका छन । रिजन ५ अन्तरगतका ३७ क्लबहरुको आयोजनामा २३ फेब्रअरी आईतबार सम्पदा वाक हेरिटेज राईड तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले समुदायमा रोटरीको आफनो छुटटै पहिचान रहेको बताए । रिजन ५ अन्तरगत रहेका ३७ क्लबहरुको संयुक्त आयोजनामा आईतबार बिहान गणेशथानदेखि जितगढीसम्म हेरिटेड राईड कार्यक्रम गर्ने तयारी भएको बताए । रोटरी क्लबहरुबिचमा रहेको एकतामार्फत संस्कृति जर्गेनाको सन्देश दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । रोटरीमार्फत साक्षरता अभियान हुँदै पछिल्लोसमय प्रविधिमैत्री शिक्षा दिने गरि कम्प्युटर ल्याब सहयोगसम्मको कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ सिद्धार्थ लुम्बिनीका अध्यक्ष तथा कार्यक्रम संयोजक ओम जैसीले समाजसेवाको मुलमन्त्र बोकेको रोटरी भाईचारा र नेतृत्व विकास गर्न मद्यत मिल्ने गरि काम गर्दै आएको बताए । समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, शिक्षाका परियोजना, स्वस्थ्य परियोजना र खानेपानीका धेरै कामहरु सफल रहेको उनले बताए । बुटवलमा रोटरीमार्फत गौतमबुद्ध मुटु अस्पताल स्थापना गरेर धेरै बिरामीहरुको सेवा गर्न सफल भएको भन्दै उनले मृगौला बिरामीलाई डालोसिस र मुटु बिरामीलाई क्याथ ल्याब जस्ता सुविधाहरु दिन सफल रहेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष शिव ज्ञवालीले रोटरीको कामप्रति आम नागरिकको बुझाइ सकारात्मक रहेको बताए । यस क्षेत्रका रोटरीयनहरुबाट नमुना सामुहिक परियोजना ल्याउने सफल भएको भन्दै उनले शिक्षा र स्वस्थ्यको क्षेत्रमा नेपालमा नै उत्कृष्ट काम भएको बताए । ग्रामिण क्षेत्रका महिलाहरुलाई शसक्तिकरण गर्ने गरि आयमुलक तालिममा आवद्धता गराउन सफल भएको उनले बताए । समुदायमा धेरै काम गरेको भएपनि त्यो बाहिर आउन नसकेको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पन्थीले रोटरी भिलेज घोषणा गरि त्यो क्षेत्रका नागरिकको शिक्षा, स्वस्थ्य र जिवनस्तर सुधार गर्नेसम्मका काम गर्दै आएको छ । यसैगरि रोटा इयर २०÷२५ मा शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण लगायतका क्षेत्रमा गरिएको कार्यक्रमबारे प्रकाश पारे । कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवल का अध्यक्ष विजय खनाल, रोटरी क्लब अफ बुुटवल सेन्ट्रल बुटवलका अध्यक्ष दिनेश रेग्मीले बालबालिका र मातृत्वमा समेत योगदान दिदै आएको बताए ।

पछिल्लो समय शहरमा सुविधासम्पन्न सडक बनेको तर ट्वाईलेटको अभाव हुदा त्यसमा अबको योजना ल्याउनुपर्ने उनले बताए । रिजन ५ अन्तरगतको कावासोसीदेखि धनगढीसम्मको एरिया पर्छ । डिष्ट्रिक अन्तरगत नेपालका रहेका १४४ वटा क्लबहरुले आफना गतिविधि गर्दै आएका छन भने २०८ वटा राष्ट्रमा रोटरी स्थापना भएका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ५१ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय