२२ माघ २०८२, बिहिबार | February 5, 2026

बुटवलको आम्दा अस्पताल एचडियु सेवा सुरु



बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा, बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा सुरु गरिएको छ । अस्पतालमा आएका गम्भीर बिरामीहरूको निगरानी र बिशेष रुपले उपचारमा सघाउन आम्दा बुटवलले सोमबारदेखि एचडियु सेवा सुरु गरेको हो ।

अस्पतालका मेडिकल सुपरेटेण्डेन डाक्टर बिनोदकुमार पराजुलीले सो सेवाको शुभारम्भ गरेका हुन । सेवाको शुभारम्भ गर्दै डा. पराजुलीले एचडियु युनिट सामान्य वार्डभन्दा बढी निगरानी र उपचार आवश्यक पर्ने बिरामीहरूको लागि बनाइने युनिट भएकाले अस्पतालमा यो युटिन सुरु गरिएपछि अस्पताल आउने विरामीलाई सहज हुने विश्वास ब्यक्त गरे ।

उनले अस्पतालमा आउने विरामी र उनीहरुका अभिभावकले अस्पतालप्रतिको विश्वासलाई कायम राख्नका लागि एचडियु सेवा संचालन ल्याउन माग गरेकाले सोही अनुसार अब थप बिरामीलाई सेवा प्रदान गर्न सकिने बताए ।

विगत २६ वर्षदेखि निरन्तर सेवारत अस्पतालले सस्तो र शुलभ सेवा शुल्क लिने हुँदा आर्थिक अभावका कारण चाहना गरेजति सबै सेवा विस्तार गर्न नसके पनि स्रोतले भ्याएसम्म क्रमशः सेवाको आधुनिकिकरण र विस्तार गर्दै आएको उनले बताए । उनले आईसियु इकाई स्थापनाका लागि तयारि भइरहेको र निकट भविष्यमा आईसियु सेवा संचालन हुने समेत सो अवसरमा जानकारी गराए ।

अस्पतालमा बाल रोग विशेषज्ञको उपस्थितिमा २४ सै घण्टा आकष्मिक सेवा, बाल मुटुरोग, स्त्री क्यान्सररोग, बाल तथा स्त्री सम्बन्धि सम्पूर्ण शल्यक्रिया, नाक कान घांटी, आँखा, दाँत, नशा तथा हाडजोर्नी लगायतका सेवाहरू प्रदान गर्दै आएको समेत डा. पराजुलीले बताए ।

कार्यक्रममा अस्पतालका मानव संसाधन विभाग प्रमुख देब खनालले एचडियु सेवा तयारी अवस्थामा रहेको र बिरामीहरूको उपचार भइरहेको भएतापनि सोमबारबाट सेवालाई सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार एचडियुमा बिरामीलाई नर्स र चिकित्सकको टोलीले २४ घण्टा निगरानी राखेर उपचार गर्ने गर्छ, जसले गम्भीर अवस्थाको बिरामीलाई बचाउन र सुधार ल्याउन मद्दत पु¥याउँछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ०७ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं