२२ माघ २०८२, बिहिबार | February 6, 2026

दिपल इभीको शोरुम बुटवलमा शुभारम्भ



बुटवल । विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभीको शोरुम रुपन्देहीमा शुभारम्भ भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले कालिकानगरमा शोरुम शुभारम्भ गरेको हो ।

एक कार्यक्रममा बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले औपचारिक रुपमा शोरुमको शुभारम्भसंगै दिपल ई जिरो सेभेन नया चारपाग्रे सवारीको समेत लन्च गरेका छन । ईभी सवारीको माग अनुसार बिक्री पछिको सेवामा ध्यान दिन उनले आग्रह गरे । स्थानिय सरकार ईभी सवारीको सम्भावनालाई मध्येनजर गरि नीति बनाउन थालेको उनले बताए । नगरभित्र चार्जिङ सेन्टर स्थापनाको विषयमा नीतिगत रुपमा काम भैरहेको उनले बताए ।

कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले उपभोक्ताको सेवा र सुविधालाई केन्द्रबिन्दु बनाएर सेवा दिदै आएको दाबी गरे । देशका ८५ स्थानमा चार्जिङ स्टेशन स्थापना गरेको भन्दै यसलाई थप बढाउने क्रममा रहेको बताए । चाङगान कम्पनी सधै कार डिजाईन, फिचरमा ध्यान दिदै आएको उनले बताए । यसको क्षमता ४९० किलोमिटर छ । यो नया सवारी फस्ट ट्रान्सफरमर एसयुभी भएको उनले दाबी गरे ।

संसारमा नै सबैभन्दा धेरै फिचर भएको सवारीका रुपमा चानगन कम्पनी पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताए । दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढि फिचरहरु रहेको उनले दाबी गरे ।

कार्यक्रममा बुटवल उधोग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले पर्यावरणमैत्री सवारी पछिल्लोसमय माग बढेको बेला नयानया फिचरका ईभी सवारी भित्रिरहेको बताए । नेपाली सडकलाई उपयोगी हुने सवारी भए बजारमा उपभोक्ताको मन जित्नेमा आशावादी रहेको उनले बताए । कार्यक्रममा प्यासेन्जर सवारी एमएडब्लुका सल्लाहकार सन्दिप चट्र्जीले विश्व बजारमा नै इभीको मागलाई मध्येनजर गरि नया नया फिचरका सवारी उत्पादनमा प्रतिस्प्रर्धा भैरहेको बताए ।

एम।एड।ब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उनले दाबी गरे । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ३९ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद