२२ असार २०८३, सोमबार | July 6, 2026

१४ औँ महाधिवेशनमा रहेको समूहलाई नै अघि बढाउनुपर्छ : अर्जुननरसिंह केसी



बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले १४ औँ महाधिवेशनमा रहेको समूहलाई नै अघि बढाउनुपर्ने बताउँदै आफू नेतृत्व गर्न तयार रहेको संकेत गरे । उनले आफूले उठाएका एजेन्डामा अरू नेताहरू सहमत नभए नेतृत्वको लागि आफु तयार रहेको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेको वर्तमान सरकार संविधान संशोनका लागि निर्माण भएको बताउँदै उनले संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

‘अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिर हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधनका लागि गठन भएको हो । जनतालाई ढाट्नु हुँदैन, अब संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ ।’-नेता केसीले भने संविधान संशोधनका लागि सबै पार्टी भित्रै पुनः मुल्याङ्कन हुन जरुरी छ । सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निश्कर्ष निकाल्नु पर्छ ।’ संविधान संशोधनका विषयमा प्रधानमन्त्री केपी शर्माले झुक्क्याएको नेता केसीले बताए । ‘प्रधानमन्त्रीले कुन परिवेशमा ०८७ मा संशोधनको कुरा गर्नु भयो थाहा भएन तर सात बुँदे सहमतिको स्पिरिट विपरीत हो, यसो गरिनुहुँदैन’ उनले भने ।

अहिलेको अस्थिरताबाट देशको बिकास हुन नसक्ने बताउँदै उनले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीमा जानुपर्ने बताउँदै उनले संविधान निर्माणको समयमा नेकपा एमालले अघि सारेको प्रत्यक्ष प्रधानमन्त्रीको प्रस्तावलाई स्मरण गरे । ‘माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्तावमा थियो, एमाले निर्वाचित प्रधानमन्त्रीको प्रस्तावमा तर सहमति खोज्ने क्रममा अहिलेको व्यवस्था बन्यो ।’-उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जाँदा निरंकुशता हुन सक्छ, अब प्रत्येक्ष प्रधानमन्त्री प्रणालीमा जानुपर्छ मन्ने मेरो विचार हो ।’

सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन विधेक ल्याउनुपर्ने बताए । संसदलाई छलेर अध्यादशे ल्याउने विषयमा आफू सधै विपक्षमा रहेको उल्लेख गर्दै उनले अध्यादेशमा महत्वपूर्ण विषयहरु समेटिएको भए पनि गलत भएको बताए । अध्यादेशमा धेरै कुरा राम्रा हुँदाहुँदै पनि केही कुराहरु संशोधन गर्नुपर्ने भएकाले आफू प्रतिस्तापन विधेयकको पक्षमा रहेको उल्लेख गरे ।

फरक प्रसङ्गमा नेता केसीले काँग्रेसको १५ औँ महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त नहुने र यसले पार्टीको वैधानिक अस्तित्वमा नै संकट आउने बताउँदै उनले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिए । ‘काँग्रेसको विधान अनुसार ३ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यसमा थप एक वर्ष म्याद थप्न पाउने व्यवस्था पनि गरिएको छ । यो अधिकारलाई प्रयोग गर्ने कुरालाई अन्यथा मान्न मिल्दैन ।’-नेता केसीले भने, ‘विधानमा एक वर्ष म्याद थप गरेपछि पनि विशेष अवस्थामा पुनः ६ महिना थप गर्न पाउने व्यवस्था भएपनि त्यसले निर्वाचनलाई प्रभावित गर्ने भएकाले त्यहाँसम्म जानु हुँदैन ।’

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ४९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ