१४ असार २०८३, आइतबार | June 28, 2026

भारतको सहयोगमा दाङको तुलसीपुरमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन बन्दै



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलन्यास भएको छ ।

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको आज तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गरेका छन् । यस अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको पनि उपस्थिति रहेको थियो ।

भवन निर्माण गर्न ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले चार करोड तीन लाख ३१ हजार सहयोग गरेको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको भारतीय दूतावासले जनाएको छ ।

शिलन्यास कार्यक्रममा तुलसीपुर उप–महानगरपालिकाका मेयर तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गरे। उनीहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ । तीमध्ये ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेको दूतावासले जनाएको छ । यसका साथै भारतले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : २४ बजे

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल