१३ भदौ २०८३, शनिबार | August 29, 2026

बाँकेको खजुरामा नेपालकै पहिलो धार्मिक बाटिका बन्ने, भोलिबाट धार्मिक महाअनुष्ठान हुने



खजुरा । नेपालमै पहिलो ठुलो क्षेत्रफलमा धार्मिक बाटिका निर्माणार्थ आयोजन गर्न थालिएको शिवकालिका धार्मिक महाअनुष्ठानको सम्पूर्ण तयारी पुरा भएको छ । आज बाँकेको खजुरामा पत्रकार सम्मेलन गर्दै स्थानीय शिवकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ संकल्प गरिएको धार्मिक महा अनुष्ठानको तयारी पुरा भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै महाअनुष्ठान सचिवालय संयोजक भक्तबहादुर केसीले मन्दिर परिषरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन तथा नेपाल मै पहिलो धार्मिक पुष्पबाटिक निर्माण गरि जेष्ठनागरिकका लागि सत्संग स्थल बनाउन अनुष्ठान गर्न थालिएको जानकारी दिए । उनले नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको खजुरा खण्डको नजिकै एक बिगाहा जग्गामा प्रस्तावित गरिएको धार्मिक बाटिका बनस्पति र जैविक बोट बिरुवा र पुष्यको अनुपम संगम बनाउने लक्ष्य राखिएको बताए ।

फागुन २१ देखि २८ गते सम्म संचालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्ने भएकी छन् भने अनुष्ठान अवधिभर ब्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेष, स्वस्तीशान्ति, हवन जस्ता कार्यहरु गर्ने व्यवस्था गरिएको छ ।

केसीका अनुसार मन्दिरकै स्वामित्वमा रहेको जग्गा मध्य कम्तीमा एक बिगाहा जग्गामा बिभिन्न बनस्पती, जडिबुटी र पुष्पले सुसज्जित बाटिका बन्ने छ । बाटिक परिषरमै जेष्ठ नागरिकहरुका लागि बिश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जलक्रिडा स्थल, फूलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुने छन् ।

सन् १६०० को अवधिमा निर्माण भएको मैटहवा मन्दिर, ऐतिहासिक सन्तकुटी, खजुरा बजारमा निर्माणाधिन विराट लक्ष्मीनारायण दिब्यधाम सहित यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलमा आउने धार्मिक पर्यटकहरुलाई शिवकालिका धार्मिक बाटिकाले थप गन्तब्य बन्न सक्ने बिश्वास गरिएको केसीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अनुष्ठानका संकल्पकर्ता ईश्वरशरण महाराजले अनुष्ठानबाट संकलित रकममध्य आफुहरुले पाउने रकम आफ्नो टिमको जिविकापार्जनमा खर्च हुने बताए । उनले संकलित रकमको मुख्य उद्देश्य समाजकै विकास र समृद्धि रहेको जनाउँदै आफुले २८२ स्थानमा अनुष्ठान सम्पन्न गरिसकेको जानकारी दिए । धार्मिक कार्यका लागि कहिँकतै स्वीकृति लिनु नपर्ने बताउँदै उनले आफ्नो कुनै संस्था पनि नभएको बताए ।

मन्दिर संचालक समितिका अध्यक्ष सुरेश भट्टले मन्दिर परिषरसंगै रहेको खेलमैदानको स्तरउन्नती सहित मन्दिरको जग्गामा पुष्पबाटिका बनाउन महा अनुष्ठानको आयोजना गर्न थालिएको जानकारी दिए । उनले महा अनुष्ठानका लागि लाग्ने सम्पूर्ण लागत ईश्वरशरण महाराजको नेतृत्वमा रहेको संस्थाले ब्यहोर्ने र संकलित रकम आधा(आधा बाँड्ने गरि सहमति भएको जानकारी दिए ।

बाँकेको खजुरामा अवस्थित शिवकालिका मन्दिर खजुरा क्षेत्रकै पुरानो ऐतिहासिक मन्दिर हो । परापूर्वकालबाटै शिव कालिका मन्दिर रहेको स्थानलाई पुनर्वास कम्पनीले संरक्षणका लागि २०२३ ताकाबाटै जग्गाको व्यवस्था गर्दै नियमित पूजाआजाको प्रबन्ध मिलाएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ४७ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई