१४ असार २०८३, आइतबार | June 28, 2026

धार्मिक बाटिका बनाउन खजुरामा धार्मिक महाअनुष्ठान सुरु



खजुरा । नेपालमै पहिलो ठुलो क्षेत्रफलमा धार्मिक बाटिका निर्माणार्थ बाँकेको खजुरामा आजबाट शिवकालिका धार्मिक महाअनुष्ठान सुरु भएको छ । महा अनुष्ठानको एक समारोहकाबीच प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै खत्रीले जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गर्दै खजुरामा प्रस्ताव गरिएको धार्मिक बाटिकाले खजुरा क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुग्ने बताए ।

उनले बाटिकाको प्रस्तावको प्रशंसा गर्दै प्रदेश सरकारको तर्फबाट खजुराबासीको संकल्पमा साथ रहने विश्वास दिलाइ । आफु खजुराबासीकै भाईभतिजा भएको भन्दै उनले खजुराका हरेक विकास निर्माणमा आफ्नो साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

पूर्वमन्त्री समेत रहेका सांसद खत्रीले खजुराका राजनीतिकदलहरुसँग छलफल गरेर योजनाहरु प्रस्ताव गर्न गाउँपालिका प्रमुखलाई आग्रह गर्दै पालिका मार्फत आउने प्रस्तावमा आगामी बजेटमा ब्यवस्था गरिने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले खजुरालाई धार्मिक पर्यटकीय केन्द्र बनाउन नागरिक स्तरबाट भएको प्रयासमा गाउँपालिकाको साथ र सहयोग रहने जनाए ।

कार्यक्रममा आयोजक शिवकालिका मन्दिरका तर्फबाट भक्तबहादुर केसीले कार्यक्रमको औचित्य र धार्मिक बाटिकाको परिकल्पनाका बारेमा जानकारी दिएका थिए ।

बाँकेको खजुरामा रहेको स्थानीय शिवकालिका मन्दिरको जग्गा मध्य कम्तीमा १ बिगाहा जग्गामा धार्मिक बाटिका निर्माणको सहयोगार्थ धार्मिक महा अनुष्ठान गरिएको हो ।

आजबाट प्ररारम्भ भएको अनुष्ठानमा भागवत कथा वाचिका सुप्रिया किशोरीले कथा वाचन गर्ने छिन् भने अनुष्ठान अवधिभर ब्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेष, स्वस्तीशान्ति, हवन जस्ता कार्यहरु गर्ने व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार मन्दिरकै स्वामित्वमा रहेको जग्गा मध्य कम्तीमा एक बिगाहा जग्गामा बिभिन्न बनस्पती, जडिबुटी र पुष्पले सुसज्जित बाटिका बन्ने छ । बाटिक परिषरमै जेष्ठ नागरिकहरुका लागि बिश्राम स्थल, सत्संग भवन, ध्यान केन्द्र, जलक्रिडा स्थल, फूलवारी तथा धार्मिक कार्यस्थल निर्माण हुने छन् ।

उदघाटन पूर्व कार्यक्रमस्थलबाट कलशयात्रा सहितको प्रभातफेरिले खजुरा बजार क्षेत्र परिक्रमा गरेको थियो ।

सन् १६०० को अवधिमा निर्माण भएको मैटहवा मन्दिर, ऐतिहासिक सन्तकुटी, खजुरा बजारमा निर्माणाधिन विराट लक्ष्मीनारायण दिब्यधाम सहित यस क्षेत्रका धार्मिक पर्यटकीय स्थलमा आउने धार्मिक पर्यटकहरुलाई शिवकालिका धार्मिक बाटिकाले थप गन्तब्य बन्न सक्ने बिश्वास गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : १५ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक