२१ असार २०८३, आइतबार | July 6, 2026

सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनल प्रवेश



सैनामैना । रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ । खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका जर्सी नम्बर ७ का सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औं मिनेटमा सशस्त्रका जर्सी नम्बर ७७ का भरत कपालीले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए ।

एकपछि अर्को प्रहार गर्दै दुवै टिमले गोल पोस्टमा प्रहार गरेता पनि दुवै टिमका किप्परहरूले उत्कृष्ट रक्षा गर्दै गोल हुनबाट आफ्नो टिमलाई पछि पर्नबाट बचाएका थिए ।

अभिषेक चर्चको उत्कृष्ट प्रहारलाई सशस्त्रका गोलकिपर अतिप श्रेष्ठले पटकपटक बचाएका थिए । खेलको दोस्रो हाफको ४६ औं मिनेटमा अभिषेक चर्चका शक्ति गुरुङले गोल थप्दै आफ्नो टिमलाई २-१ को अग्रता दिलाएका थिए ।

निकै नै प्रतिशतप्रधात्मक खेलमा नतिजाका लागि अन्तिम समय सम्म नै कुर्नुपर्ने देखिएको थियो र यद्यपि उत्कृष्ट प्रहारहरूलाई अभिषेक चर्चका गोलकिपर तोप बहादुर राणाले उत्कृष्ट रक्षा गर्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।

खेलमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका अभिषेक चर्च नवलपुरका जर्सी नम्बर ७ का खेलाडी सुजित बुढाथोकी खेलको म्यान अफ द म्याच घोषित भएका थिए। बोली अर्थात् बिहीबारको खेल महावीर क्लब काठमाडौँ र हनामी बिएफसी चितवन बीच हुने कुरा टिम संयोजक श्री दर्लामीले जानकारी दिएका थिए ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०/४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् ।

प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस र मोफसलका क्लब गरी १० टोलीको सहभागीता रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ३० बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ