२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कपिलवस्तु ११ को जितसंगै सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल समीकरण पुरा



सैनामैना । कपिलवस्तु ११ रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रङ्गशालामा शनिबार भएको खेलमा फर्सीटिकर युथलाई ३-० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो ।

जितको लागि कपिलवस्तुको तर्फबाट मोहम्मद इन्द्रेशले २ गोल र विज्ञान गुरुङले १ गोल गरे ।

खेलको पहिलो हफमा गोल रहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको सरुवातमै कपिलवस्तु ११ का लागि जर्सि नम्बर १० का विदेशी खेलाडी मोहम्मद इन्द्रेशले जाली चुमाउन सफल भए । उनका लागि जर्सि नम्बर १४ का खेलाडी मिन प्रसाद मिदुनले एसिस्ट गरेका थिए । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हावी भएको थियो ।

कपिलवस्तु ११ का लागि जर्सिका नम्बर ५ का खेलाडी विज्ञान गुरुङले ७५ औं मिनेट र ८१ औं मिनेटमा पुन: मोहम्मद इन्द्रेशले गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

फर्साटिकर युथका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउदा गोल्ड कपको उपाधि जित्ने सपना चकनाचुर भयो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबीच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०-४० हजार प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ५१ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा