२६ बैशाख २०८३, शनिबार | May 9, 2026

राष्ट्रिय समस्या समाधान गर्न मुलुकका प्रमुख प्रतिष्पर्धी दल मिलेर बर्तमान सरकार बनेको हो : आपूर्तिमन्त्री दामोदर भण्डारी



बुटवल । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको अस्थिरता र निराशा चिर्न मुलुकका प्रमुख पार्टी बिचको सहमतिमा बर्तमान सरकार बनेको बताएका छन ।

उनले राजनितिक अस्थितरताका कारण उद्योग, व्यवसायिक क्षेत्रका समस्या समाधान हुन नसकेको अवस्थामा निजी क्षेत्रमा निराशा बढेको बताउदै राष्ट्रिय समस्या समाधान गर्न मुलुकका प्रमुख प्रतिष्पर्धी दल मिलेर बर्तमान सरकार बनेको बताएका छन ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घ को २४ औं बार्षिक साधारणसभा तथा ११ औं महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्नुहुदै मन्त्री भण्डारीले बर्तमान सरकारले पछिल्लो समय ल्याएको अध्यादेश नेपालको आन्तरिक पुंजी प्रवद्र्धन गर्ने र वैदेशिक पूंजी भित्राउने विषयमा अध्यादेश मार्फत नितीगत व्यवस्था गरिएको बताए ।

“हामीले हाम्रा उत्पादनको राम्रो प्याकेजिङ् र ब्रान्डिङ् गर्न सकेका छैनौ सामान्य ढंगले निर्यात गर्छौ तर हाम्रा उत्पादनलाई अरुले राम्रो प्याकेजिङ् र ब्रान्डिङ् गरेर बढी नाफा कमाइरहेका छन्”, मन्त्री भण्डारीले भने, “निर्यातजन्य बस्तुमा प्याकेजिङ् र ब्रान्डिङ् गरौं ।” उनले सरकारले उद्योगी, व्यवसायी र निजी क्षेत्रले सुन्ने, देख्ने र अनुभुति गर्ने र निजी क्षेत्रका निराशा चिर्ने गरि आगामी निती कार्यक्रम ल्याउने प्रतिवद्धता समेत जनाए । उनले भने, “सरकारले नितीगत सुधारका प्रयासबाट उद्योगी व्यवसायीहरु उत्साहित हुने अवस्था निर्माण गर्दै छ ।” उनले सरकारले सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने गरि योजना अगाडी बढाउने बताउदै लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता र दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणको योजना अघि बढाउन लागेको जानकारी दिए ।

उनले औदोगिक क्षेत्र भित्र उद्योगिहरुका समस्या समाधानका लागि मन्त्रालयले छिट्टै आवश्यक निर्णय लिने समेत बताए ।
कार्यक्रममा प्रतिनिधीसभा सदस्य बाशुदेव घिंमिरेले सरकारले पछिल्लो पटक ल्याएका अध्यादेशले निजी क्षेत्रलाई नितीगत रुपमा सहज व्यवस्था गरिएको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले उद्योगी व्यवसायीले उद्योग व्यवसाय सञ्चालनमा परम्परागत ढंगले नभएर नयाँ ढंगले उत्पादन लागत कम गरेर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ०३ बजे

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित