२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनल खेल : आयोजक र चर्च ब्वाईज भिड्दै



बुटवल । सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच हुँदै छ ।

यसअघि शनिबार भएको अन्तिम क्वार्टफाईनल खेलमा कपिलवस्तु सेमीफाईनलमा प्रवेश गरेको थियो । अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३-० को अन्तरले पराजित गर्दै कपिलवस्तु-११ सेमीफाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल फागुन २८ गते हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ०४ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा