६ श्रावण २०८३, बुधबार | July 22, 2026

पूर्वराजाको उक्साहटमा संविधानविपरीतका दण्डनीय काम भए : महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् ।

उनले भने, ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रि गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधानविरोधी गतिविधिहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थिति रहेको छ ।’

साथै, राजावादीहरुको विरोध प्रदर्शनमा भारतका उत्तर देशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिएको स्मरण गराउँदै उनले यसलाई राष्ट हितविपरीतको कामको संज्ञा दिदै कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।

लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताउदै बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रबाट फेरि पनि हुकम प्रमाङ्गी चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको