८ पुस २०८२, मंगलबार | December 23, 2025

लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुँदैन : गोकर्ण विष्ट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकर्ण विष्टले लोकतन्त्रविना जनताको स्वतन्त्रता सुदृढ हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले राजा फर्र्काउने प्रयत्नको कुनै औचित्य नरहेको बताए ।

सांसद विष्टले भने, “समाप्त भएको राजतन्त्रलाई फर्काउने कोसिस भइरहेको छ । लोकतन्त्र चाहने शक्तिका लागि यो कदापि स्वीकार्य हुन सक्दैन ।” अराजकता र अस्थिरता निम्त्याउने गतिविधि भइरहेको उल्लेख गर्दै उनले राजतन्त्र मूलधारको राजनीति हुन नसक्ने टिप्पणी गरे ।

जनताको लामो आन्दोलनपछि लोकतान्त्रिक अभ्यास प्राप्त गरेको भन्दै सांसद विष्टले संवैधानिक मर्यादाभित्र रहेर सही ढङ्गले प्रयोग गर्न सकिएन भने देश अघि बढ्न नसक्ने बताए। लोकतन्त्र प्राप्तिका लागि सहकार्य तथा योगदान गर्ने शक्तिले सहिदको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोगाउन गम्भीरताका साथ समीक्षा र हातेमालो गर्न जरुरी रहेको उनको भनाइ छ ।

सांसद विष्टले युवामा आश जगाउने गरी तीव्र ढङ्गले विकास हुन नसकेको उल्लेख गरे । तर देशमा केही नै भएको छैन भनेर भाष्य पैदा गरेर अराजकता सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनतिर लैजाने प्रयत्न भइरहेको उनको आरोप थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : २२ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र