२२ भदौ २०८३, सोमबार | September 8, 2026

यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त



काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्।

फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

गम्भीर लामो समयदेखि रुपन्देही मायादेवी गाउँपालिकामा बसिरहेका थिए। तेजबहादुर पर्वत महासिला गाउँपालिका-५ र  ललितपुर महालक्ष्मी नगरपालिका लुभुमा दुबै ठाउँमा बस्दै आएका थिए। पक्राउ परेका गम्भिर गुरुङ वर्षौ देखि मायादेवी गाउँपालिका–८ बसडिलवास्थित फ्यूचर लाइट ईङलिस बोर्डिङ स्कूल संचालन गरेर बसेका थिए। उनी विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) समेत हुन्।

गम्भीर र तेजबहादुर दुबै पर्वत साबिक कुर्घा गाविस-९ का हुन्। पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए।

फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। दुबैले २०४४ साल फागुन ७ गते राति साढे १० बजे रामबहादुरलाई योजनावद्ध तरिकाले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘उनीहरू घटना घटेको ३७ वर्षदेखि फरार थिए, फरार अभियुक्तको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरी टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने।

रामबहादुरको हत्या आरोपमा दुबै जनालाई पर्वत जिल्ला अदालतले जनहीँ १०-१० वर्षको कैद सजाय सुनाएको थियो। उनीहरूलाई पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते कैद सजाय तोकेको थियो।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतले कारागार चलान गरिदिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

रामबहादुरको हत्यामा अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको विष्टले बताए। ‘लामो समयदेखि उनीहरू फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष तरिकाले खोजी गरेको थियो,’ विष्टले भने, ‘फरार भएका दुई व्यक्ति चाँडै पक्राउ पर्ने अपेक्षा राखेका छौं।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ४७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार