७ आश्विन २०८३, बुधबार | September 23, 2026

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः अध्यक्ष भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त पार्टीले आज यहाँ आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उनले हालको अवस्थामा आर्थिक बजारलाई राज्यले खुला छाड्दा समस्या उत्पन्न भएकाले पूर्वाधारको विकास नहुँदासम्म राज्यले अपनत्व लिनु जरूरी रहेको बताए ।

उनले भने, “राज्यले नै पूर्वाधारमा लगानी गरेर आफ्नो बजार सिर्जना गर्नुपर्छ, औद्योगिकरणको पूर्वाधार तयारी गरी राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ, नेपालको सन्दर्भमा राज्यको भूमिका बढी हुनुपर्छ भन्ने निष्कर्ष हाम्रो पार्टीको छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशिल भएको उल्लेख गर्दै अहिले विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लगानी वृद्धि गरेर अघि बढ्न सक्नुपर्नेमा जोड दिँदै विचारको बहस गर्न जरूरी रहेको बताए । देशको समस्यामा केन्द्रित रहेर राजनीतिक शक्तिबीच छलफल जरूरी रहेको औँल्याउँदै उहाँले परिवर्तनको आकांक्षा अनुसार विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि उपयुक्त नहुने दाबी गरे ।

नेपालको राजनीतिक संरचना भूगोललगायतले पनि निश्चित विषयमा दलको ह्वीप नलाग्ने वा स्वतन्त्र रूपमा बस्न पाउने अवस्था लागू गर्न जरूरी रहेको उनको भनाइ छ । संविधान संशोधन गरेर यही व्यवस्थाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले नेपालले दुई छिमेकी मुलुकबाट भरपुर अवसर लिनसक्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देशमा सङ्कट छ सबैले भन्ने तर समाधानको उपाय कसैले ननिकाल्ने अवस्थाले बाधा उत्पनन गरिरहेको बताए । उनले भने, “हाम्रो मौलिकतामा कोही गएका छैनौँ, आयातित कुरामा गइरहेका छौँ । देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वीकारेको अवस्थामा समाजवादमा जाने कुराको स्पष्ट बाटो दलहरूसँग छैन ।”

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को लेखा आयोगका सदस्य डा जनकराज शाहले विशिष्ट अर्थ राख्ने राजनीतिक परिस्थितिमा मुलुक रहेको उल्लेख गर्दै राजनीतिमा वितृष्णा पैदा हुने गरेको धारणा राखे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ४८ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक