२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी



काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ ।

महानगरपालिका– ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु) ले यौन दुर्ब्यवहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले  ‘बाल यौन दुरुपयोग गरेको’ मुद्दाको किसिम र ‘बाल यौन दुर्ब्यवहार सम्बन्धी मुद्दामा दावी पुग्ने फैसला गरेको हो ।

महानगरपालिकाका अनुसार जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाहरुका सन्दर्भमा बालमनोविज्ञ र समाजसेवीले बालबालिकासँग परामर्श गरेर तयार पारेको प्रतिवेदनलाई जाहेरी मान्न आग्रह गर्दै आएको थियो । अदालतको फैसलाबाट प्रतिवेदनले जाहेरी सरह मान्यता पाएपछि बाल संरक्षण सम्बन्धी विषयले संस्थागत रुपमा अदालतमा प्रवेश पाउने भएको छ ।

महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडीले भनिन,  ‘यसले बाल संरक्षणका आगामी कामलाई थप सहज बनाउनेछ, अदालतको फैसलाबाट बाल बचाउका लागि नयाँ नजिर स्थापित हुनेमा हामी आशावादी छौँ ।’

यही विषयलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा बनाएर उच्च अदालत पाटन गएकी बालिकाकी आमालाई अदालतले मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको फैसला गरेको थियो । महानगरपालिकाले आफ्नी छोरीलाई विद्यालयबाटै नियन्त्रणमा लिएर बन्दी बनाएको आरोप लगाएर महानगरपालिकासहित ५ जना व्यक्ति तथा संस्था विरुद्ध उच्च अदालत पाटनमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो फैसला गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ९ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार