१५ चैत्र २०८२, आइतबार | March 29, 2026

एकीकृत समाजवादीद्वारा बैठक आह्वान



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गराउन यही चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठक गर्न आह्वान गरेको छ ।

सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि सुरु गरेको समाजवादी अभियानलाई देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीबाट कार्यक्रम अनुमोदन गराउन बैठक आह्वान गरिएको हो । अभियान यही चैत २ देखि आगामी वैशाख २२ गतेसम्म जारी रहने छ ।

काठमाडौं, ललितपुर र भक्तपुर पार्टी जिल्ला कमिटीहरूको संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । केन्द्रीय मोर्चा सङ्गठनको बैठक यही चैत ७ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा ३ः०० बजे बस्ने बैठकले यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने विरोध प्रदर्शन तथा आमसभाको तयारी, व्यवस्थापन तथा अधिकतम जनसहभागिता गराउने विषयमा छलफल गर्ने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

बैठकमा मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ । राजनीतिक अभियान अनुमोदन भएपछि वडा, गाउँ, प्रदेश र केन्द्रमा कार्यक्रमका रूपमा लैजाने तयारी छ । पार्टी काठमाडौं उपत्यका प्रदेश कमिटीको बैठक यही चैत ८ गते आह्वान गरिएको छभने पार्टी सम्पर्क प्रदेश कमिटीको बैठक चैत ९ गते बोलाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १० : ४१ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण