७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र



नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा काठमाडौं आएको उद्योगी ब्यवसायीको टोलीले अर्थमन्त्री विष्णु पौडेलललाई ज्ञापनपत्र बुझाउँदै नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न माग गरेको हो ।

संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली सहित बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको कावा अध्यक्ष ओलीले जानकारी दिए ।

संघका कार्यवाहक अध्यक्ष ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ ।

‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवा पुग्नेछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेश्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य रहेको छ ।’

अर्थमन्त्री पौडेलले ज्ञापनपत्रमा उठाइएको विषयलाई महत्वका साथ ग्रहण गरेको अर्थमन्त्रीबाट सकारात्मकरुपमा पहल गर्ने आश्वासन पाएको टोलिमा सहभागी उद्योगी प्रदीप छाजेडले बताए । उनले अर्थमन्त्रीबाट छिट्टै डिपीआर गराएर सुख्खा बन्दरगाहाको योजना अगाडि बढाउने आश्वासन पाएको जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउन संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीसहित बाँकेका प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, निर्देशक सौरभ दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : ५७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज