२ बैशाख २०८३, बुधबार | April 16, 2026

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान



काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ५८ बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार