३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा निरन्तर प्रदर्शन



काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानैदेखि सुरू भएको प्रदर्शन जारी रहेको छ ।

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।

र, नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा विरोध गरिरहेका छन् । माओवादी जनसंगठनले दिउँसो ३ बजेपछि प्रदर्शन गर्ने जनाएका छन् ।

बिहान भएको प्रदर्शनका क्रममा उर्जामन्त्री दिपक खड्काको पुत्लादहन समेत गरिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले विरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले घिसिङलाई हटाएकोमा आपत्ति जनाएका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : ०५ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने