१४ असार २०८३, आइतबार | June 28, 2026

मापदण्ड विपरित अस्पताल चलाउने उमेश साह पक्राउ



रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द अस्पताल तथा एक्युपञ्चर सञ्चालक डाक्टर उमेशप्रसाद साह पक्राउ परेका छन्।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ईलाका प्रहरी कार्यालय शिवनगरका इन्चार्ज सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई अस्पतालबाटै पक्राउ गरेको हो।

पक्राउ परेका डाक्टर साहलाई तत्कालै आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर तर्फ झिकाइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। अस्पताल सञ्चालक लाई नियन्त्रणमा लिएर अनुसन्धानपछी कानुन बमोजिम कारवाही गरिने एसपी घिमिरेले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले दुईसाता अघि अनुगमनको क्रममा आनन्द अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि  बन्द गर्न निर्देशन दिएका थिए । मापदण्ड पुरा गरेपछि मात्र अस्पताल सञ्चालन गर्ने भनी मुख्यमन्त्री सिंहले दिएको निर्देशनलाई अस्पतालका सञ्चालक डा. साहले अटेरी गरी निर्बाध रुपमा अस्पताल सञ्चालन गर्दै आएका थिए।

नियमानुसार व्यवस्थापन नहुन्जेलसम्म पुरानो विरामीलाई अन्य अस्पतालमा राखेर उपचार गर्ने तथा आनन्द अस्पतालले उपचार खर्च दिनुपर्नेगरि मुख्यमन्त्रीले निर्देशन दिएका थिए ।

मुख्यमन्त्री सिंहले गरेको अनुगमनको क्रममा शिवनगर, गरुडा, र चन्द्रपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेको डेढ दर्जन अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  २ : ३६ बजे

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप