२२ माघ २०८२, बिहिबार | February 5, 2026

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’



बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीमा आज आयोजना गरेको एक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पु(याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीलाई अग्रणी स्थानमा पु(याउने गरी भएका प्रयासमा सबैको साथ आवश्यक रहेको बताए ।

“बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदासँगै यहाँ राम्रा र स्तरीय होटलहरु छन्”, उनले भने, “बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ।”

उपप्रधान तथा अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताए ।

उनले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : २५ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न