२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्चमा



काठमाडौँ । आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैरकानुनीरुपमा बर्खास्त गरिएको भन्दै कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै घिसिङले दायर गरेको रिटमा पुनर्स्थापनाको माग गरेका हुन् ।

सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी पुष्टि गरे । अदालतमा रिट निवेदन पेश भएपनि अध्ष्ष्नकै क्रममा रहेको उनले बताए ।

घिसिङले दर्ता गरेको रिट निवेदनमा कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको जिकिर गरिएको छ । रिट निवेदनमा सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग पनि गरिएको छ ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ६ : १२ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय