१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पीएम कप : पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो



बुटवल । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा तोडेको छ । बिहीबार रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । जितसँगै आर्मीको पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो । भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको पिएमको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हार पछि पुलिस अपराजित थियो । पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेककुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । यस्तै, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२ र विनोद भण्डारीले अविजित १३ रन जोडे । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कँदा ४१.४ ओभरमा १ सय ४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए । यस्तै, आरिफ शेखले २२, गुल्शन झाले १७, सागर ढकालले १६ तथा अर्जुन साउदले १३ रन बनाए । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् । यस्तै, आर्मीका नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १-१ विकेट लिए । शनिवार हुने पीएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ ।

जितसँगै समान अंक भए पनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । भने, पराजित पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ ।

यस्तै, भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २६० रनको लक्ष्य मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । मधेशको जितमा अनिलकुमार साहले ७०, रोहन विकल ३९, हरिशंकर साहले ३३ र पवन सर्राफले ३१ रन बनाए । बलिङमा बागमतीका सूर्य तामाङले २ तथा इशान पाण्डे, रिजन ढकाल, गौतम केसी र विपिन आचार्यले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाउँदै इशान पाण्डेको शतकका मद्दतमा २५९ रन बनाएको थियो । इशानले ११४ रन बनाउँदा रिजन ढकाल र विवेक मगरले समान ३०-३० रन बनाए । बलिङमा मधेशका हरिशंकर साह, पवन सर्राफ र अनिलकुमार साहले २-२ विकेट लिए । ४-४ खेल जितेर समान ८ अंक जोडेका यी दुईटीममध्ये बागमती अंक तालिकाको ४ र मधेश सातौं स्थानमा छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ६ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले