९ बैशाख २०८३, बुधबार | April 22, 2026

बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै



बुटवल । रुपन्देहीमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । चैत २३ गतेदेखी शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।

बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी माबि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखी मैदान मर्मत चलिरहेको उनले बताए ।

प्रतियोगितामा भाग लिने आठ टिमको टुगो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थाई प्याराफिट निमार्ण गरिएको तथा टिकटको ब्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण रहेको बताए ।

कार्यक्रममा संयोजक बुद्धि बहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, विरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए । चैत २३ गतेदेखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ११ : ०९ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन