६ बैशाख २०८३, आइतबार | April 19, 2026

राजावादी आन्दोलनका क्रममा २ जनाको मृत्यु



काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका(४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो।

उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरेका थिए । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ।

यसअघि एभिन्युज टेलिभिजनका क्यामेरा पर्शन सुरेश रजकको राजावादीले गरेको आगजनीमा परेर मृत्यु भएको थियो । तीनकुने स्थित एक निजी घरको माथिल्लो तलाबाट आन्दोलनको भिडियो खिचिरहेका रजक रहेको घरमा आन्दोलनकारीले तलबाट आगजनी गरिदिएका थिए । आगोमा डढेको रजकको शवलाई एभिन्युज टेलिभिजनका अध्यक्ष एवं राजावादी आन्दोलनका समर्थक भास्करराज कर्णिकारले सनाखत गरेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १० : ०९ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम